TRENDING
होमपेज
जापानमा ठूलो आँधीको चेतावनी : सुरक्षित ठाउँमा जान आग्रह


काठमाडौं। जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ । विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।
आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढी/पहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ । पहिरो र बाढीको जोखिमबाट बच्न आँधी आउनुअघि नै बासिन्दालाई घरबाहिर निस्कन आग्रह गरिएको छ । जापान एअरलाइन्ससहितका केही उडान आजका लागि रद्द गरिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७