

काठमाडौं। नेपाली काँग्रेसको समानुपातिकतर्फका उम्मेदवार छनौटका लागि सातै प्रदेश कार्यसमितिको पदाधिकारीबीच छलफल राखेको छ । आईतवार (आज) बिहान बालुवाटारमा सातै प्रदेशका सभापतिसहित पदाधिकारीहरू अनौपचारिक रूपमा छलफल गर्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । निर्वाचन आयोगमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन आइतबार र सोमबार निर्वाचन आयोगले समय दिएको छ । प्रदेशहरूबाट प्रदेशतर्फ समानुपातिक सूची तयार पार्ने र आजै प्रतिनिधि सभातर्फ समानुपातिक सूची तयार गर्न केन्द्रीय संसदीय बोर्डको बैठक बस्ने तयारी छ ।
देउवाको सचिवालयले दिएको जानकारीअनुसार आइतबार दिउँसो २ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्नेछ। उक्त बैठकमा समानुपातिक उम्मेदवार सूची बनाउनेबारे छलफल गर्नेछ । कांग्रेसको केन्द्रीय संसदीय बोर्डले पूर्णता पाएको छैन। बोर्डमा पदाधिकारीसहित नेता रामचन्द्र पौडेल मात्रै छन्। त्यसकारण कांग्रेस सभापति देउवाले छलफलमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाउँदै आएका छन । कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई यसपालि नदोर्होयाउने भएको छ। कांग्रेस विधानअनुसार पनि समानुपातिक सांसद फेरि लगत्तै हुने अर्को चुनावमा समानुपातिकतर्फ सांसद बन्न पाउँदैन।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७