TRENDING

कमलादीमा लक्ष्मी बैंक छेउमै भेटियो टुकुचा

काठमाडौं । बिहिवार काठमाडौं महानगरपालिकाले जयनेपाल हलको कम्पाउन्ड भित्र टुकुचा खोला फेला पारेको थियो । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो । इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

बिहीवार १ नम्बर वडाको जयनेपाल हलको कम्पाउण्डमा १५ फिट गहिरो खनेर उत्खनन गरेको टुलुचा शुक्रबार र शनिबार पनि निरन्तर चलेको महानगरले जनाएको छ । काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार छोपिएको टुकुचा खोज्न महानगर प्रहरी र ईन्जिनियरको टिम निरन्तर लागिरहेको छ । उनले टुकुचा छोपिएको ४५० मिटर उत्खनन नसकिएसम्म निरन्तर काम हुने बताए ।