

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवार तरकारी तथा फलफूको मुल्य सार्वजनिक गरेको छ । समितिका अनुसार अदुवा, अमला, रायाको साग, मकै बोडी, चुकुन्दर र लोकल काक्रोको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, राते आलु ६१ रुपैयाँ, मुडेको आलु ५६ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, स्थानीय काउली १३५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुुरीलो ७५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ र अकबरे खुर्सानी १२३ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी बुलेट खुर्सानी, परवर, ठूलो गोलभेडा र माछे खुर्सानी ६५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, घिउ सिमी, भारतीय मेवा, लोकल नासपाती, तिते करेला, घिरौला र लोकल सिमी प्रतिकेजी ९५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी ६५ रुपैयाँ, हरियो तरबुजा ६५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३१० रुपैयाँसम्म, तामा ११५ रुपैयाँ, तोफु १०५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ११५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, भेडे खुर्सानी ४५ रुपैयाँ, रातो बन्दा १५५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र फूजी स्याउ २६५ रुपैयाँ रहेको छ ।
यो पनि हेर्नुहोस,
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७