

“यो मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भएको छ” । नेपाल दुर सञ्चार प्राधिकरण ।
के तपाईको मोवाइलमा यस्तो मेसेज आएको छ ? जसको मोबाइलमा यस्तो मेसेज आएको छ त्यो मोबाइल सेट ब्लक हुने छैन र जसको मोवाइलमामा यस्तो मेसेज आएको छैन त्यस्ता मोबाइल ब्लक पनि हुन सक्ने भएका छन् ।
नेपाल दुर सञ्चार प्राधिकरणले विहीबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागु गरेसँगै तपाई हाम्रो मोवाइलमा यस्तो म्यासेज पठाइरहेको छ । मोबाइल सेटको गैरकानूनी आयात, विक्री विगरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी एवम् हराएका मोबाइल सेटको ट्रायाकिङर ब्लकिङ गरि नेपालभित्र त्यस्तो मोबाइल नचल्ने व्यवस्था गरिए अनुरुप यो एमडिएमएस प्रणाली लागु गरेको हो । भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वत एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाए अनुरुप अहिले यस्ता मेसेज आउन थालेका हुन्।
भदौ ३० गते पश्चात भने मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दुर सञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्नुपर्दछ । यदि उक्त मोवाइल दर्ता भएको छैन भने त्यो मोबाइल ब्लक हुन सक्ने भन्दै नेपाल दुर सञ्चार प्राधिकरणले आयातकर्ता एवम् विक्रेताहरुलाई मोबाइल आयात गर्नु अघि अनिवार्यरुपमा प्राधिकरणको स्वीकृत लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गर्न अनुरोध गरेको छ ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७