

धनगढी । अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । धनगढीमा सोमबारदेखि २०औं सत्याग्रह थालेका डा. केसीले लामो समयसम्म पानीबाहेक खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।उनले सुगर लेबल कम भएको, सास फेर्न समस्या हुँदै गएको र कमजोर हुँदा मसलहरूमा समेत समस्या देखिएपछि अस्पतालमा राखेर उपचार भैरहेको बताए ।
डाक्टर केसी सेती प्रादेशिक अस्पतालको क्याबिनमा अहिले उपचार हुनुहुन्छ । उहाँ निकै कमजोर हुनुभएको छ,ु केही तागत दिने औषधि लिनुस् भन्दा मानिरहनु भएको छैन,ु डाक्टर कमरले भने । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा गत सोमबारदेखि बसिरहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हो ।
राजनीतिबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७