TRENDING
होमपेज
“हामीलाई गरी खान देऊ, कि रोजगारी देऊ” भन्दै महानगर विरुद्ध आन्दोलनमा उत्रिए फुटपाथ व्यवसायिहरु


काठमाडौं। काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायिहरु आन्दोलनमा उत्रिएका छन । हामीलाई गरी खान देऊ, कि रोजगारी देऊ कि स्वरोजगार हुन देऊ, भन्दै बिहिवार (आज) एमालेको मजदुर संगठन जिफन्टनिकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ पनि गरेका थिए ।
सुन्धारामा जम्मा भएका फुटपाथ व्यवसायीहरू रानीपोखरी, भद्रकाली हुँदै काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेका थिए । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना लखेट्न खोजेकाले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन । प्रदर्शनमा सहभागीहरूले हामीलाई गरी खान देऊ, कि रोजगारी देऊ कि स्वरोजगार हुन देऊ, कि विकल्प देऊ कि रोजगारी देऊ लगायतका नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७