

काठमाडौं । काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा (सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९) प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।’
विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, ‘आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।’ उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ। यो समाचार कारोबार दैनिकमा छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७