

काठमाडौं । पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरुले देखाइरहेका छन । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।
डेंगु संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।
डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगुबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
डेंगुसम्बन्धी अनौठा तथ्यहरू
– डेंगु भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।
– एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै डेंगुबाट संक्रमित हुन्छ ।
– डेंगु संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगु नै हो ।
– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगु संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्सिन अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।
– हरेक वर्ष विश्वका ४० करोड मानिस डेंगु संक्रमणबाट प्रभावित हुने गरेका छन् । डेंगु जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेक जसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ ।
बच्ने उपाए
– लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगुबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् ।
– शरीर ढाक्ने गरी कपडा लगाउने ।
– घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
– हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खाल्डोमा जमेको पानी हटाउने, टायर, भाडा वर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने ।
– यदि तपाई वा तपाइँको परिवारमा कसैलाई डेंगु भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकी तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।
समाचारबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७