

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी दिएका छन । नेपाल आयल निगम समक्ष पटक–पटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भडा वृद्धिको माग गर्दै आपनि व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।महासंघले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासंघको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका छन ।
सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट टैंकर सञ्चालन गर्न ठूलो नोक्सानी हुने गरेकाले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने चेतावनी दिएका छन ।भदौ २५ देखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने निर्णय निर्णय गरेका छन् । आन्दोलनका अन्य कार्यक्रम भाद्र २६ गते जानकारी दिने महासंघले जनाएको छ । असोज १ गतेबाट आन्तरिक ढुवानीसमेत गर्न नसकिने नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७