

काठमाडौं। काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् । पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए ।
उनले भने, ‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित र्पुयाएर चल अचल सम्पत्तिबाट कर संकलन गर्नेछौं । पत्राचार र सूचना प्रवाह भएपछि कर भुक्तानीमा सकारात्मक अवस्था आएको छ ।’
महानगरपालिकालाई आर्थिक वर्ष २०७५/०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन । भदौ १९ मा महानगरपालिकाको राजस्व विभागले पत्राचार गरेका म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, याडिसन होटलको क्यासिनो याड, हायात होटलको प्राइड इन्टरटेनमेन्टएण्ड रिक्रिएसन, सोल्टी होटलको मायोज इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटेलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७