TRENDING

सिक्लेस हाइड्रोपावरको आइपीओ खुल्यो , भर्नुभयो ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गते (आज)देखि सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दैछ | जसमा ११ लाख ५० हजार कित्ता शेयरमा ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ | बाँकी ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ |

यसमा १० कित्ता देखि १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ | यसमा आवेदन दिने अन्तिम मिति असोज २ गते रहेको छ | यसको बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ | कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो। कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।