

काठमाडौं। नादिया खानले ह्याट्रिकसहित ४ गोल गरेपछि माल्दिभ्सविरुद्ध शानदार जित निकाल्दै साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले सुखद अन्त्य गरेको छ। ८ वर्षपछि अन्तर्राष्टिय फुटबलमा पुनरागमन गरेको पाकिस्तानले काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा मालदिभ्सलाई ७–० को गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको पाकिस्तानले दोस्रो हाफमा थप ५ गोल गर्यो। पाकिस्तानको जितमा नादिया खानले ४ तथा रमिन फरिद, खाद्लिया खाज्म र अनमोल हिराले एक एक गोल गरे। ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानका लागि पहिलो अन्तराष्टिय गोल गर्न सफल भइन्।
पाकिस्तानका लागि फरिदले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी हुन्। पहिलो हाफमा पाकिस्तानले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसलाई जोगाउन सकेन। खेलको ४८औँ मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्यो। पाकिस्तानकी खाद्लिया खाज्मीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। खेलको ५३औँ मिनेटमा नादिया खानले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। खेलको ७८औँ मिनेटमा नादिया खानले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाइन्। उनले किपरलाई विट गर्दै खाली पोष्टमा गोल गर्न सफल भएकी थिइन्।
खेलको ८३औँ मिनेटमा नादिया खानले टोलीको लागि पाँचौँ गोल गर्दा ह्याट्रिक पूरा गरिन्। उनले किपर बिट भएको अवस्थामा खाली पोष्टमा गोल गरिन्। ९०औँ मिनेटमा नादिया खानले व्यक्तीगत चौथो गर्दै खेलमा ६–० को अग्रता बनाइन्।दोस्रो हाफको अतिरिक्त समयमा अनमोल हिराले गोल गर्दै खेलमा गोल अन्तर ७–० ले बनाइन्। समुह ए मा रहेका दुवै टोलीले समुह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका छन्। अंक तालिकाको पुछारमा रहेका दुवै टोली सान्त्वना जित निकाल्दै च्याम्पियनसिप सकाउन चाहन्छन्।
पाकिस्तान बंगलादेशसँग ६–० ले तथा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। पहिलो जितसँगै पाकिस्तानले अंक तालिकामा ३ अंक जोडेको छ। यता मालदिभ्स भने भारतसँग ९–० ले तथा बंगालदेशसँग ३–० ले पराजित भयो।समूह चरणको अन्तिम खेलमा आजै भारत र बंगलदेश भिड्दैछन्। खेल सोही रंगशालामा साँझ साढे ५ बजे हुनेछ। यी दुई टोलीको खेलले सुमह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७