

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो । मङ्गलवार नेपाली चलचित्र सायरा निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताउनुभयो । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा र्पुयाउने उहाँको भनाइ छ ।
अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गर्नुभयो । उहाँले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सहयोग र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ तर पहिलो प्राथमिकता नेपाली चलचित्रलाई हुनुपर्छ । बजारमा भुवन केसी र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन ।’
कार्यक्रममा चलचित्रको नाम सार्वजनिक गर्दै त्यसमा आबद्ध हुने कलाकारको बारेमा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७