TRENDING

मंगलवार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार १३ सय जनाको पीसीआर परीक्षणबाट ८७ र तीन हजार ७५९ जनाको एन्टीजेन परीक्षणमा ११६ कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ जना रहेका छन । यसैगरी, पछिल्लो २४ घण्टामा चार लाख २९ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।