

एजेन्सी। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न टी २० विश्वकप क्रिकेट प्रतियोगिताका लागि टिम घोषणा गरेको छ ।अक्टोबर १६ तारिखदेखि अष्ट्रेलियामा टी २० विश्वकप आयोजना हुँदै छ । उक्त विश्वकपका लागि भारतले सोमबार टिम घोषणा गरेको हो । अनुभवि तीव्र गतिका बलर जसप्रित बुमराह र हर्षल पटेलले टिममा कमब्याक गर्दा मोहम्मद शमी र दीपक चाहर भने टिममा परेनन् । शमी र चाहरलाई बैकल्पिक खेलाडीको रुपमा राखिएको छ । यस्तै श्रीयस अय्यर र रबी विश्नोई पनि बैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।
विश्वकप खेल्ने १५ सदस्यीय टिममा रवीन्द्र जडेजा पनि छैनन् । उन चोटका कारण टिम बाहिर परेका हुन् । एशिया कप क्रिकेटका बेला जडेजा घाइते भएका थिए, सल्यक्रिया गरिएकाले उनी ५ महिना मैदान बाहिर रहने पक्का छ । जडेजाको ठाउँमा अक्षर पटेललाई राखिएको छ । यस्तै तीव्र गतिका अर्का बलर आवेश खान पनि विश्वकप टिममा छैनन् ।
भारतीय टिमले चार ब्याटर राखेको छ भने २ जना विकेट किपर, चार जना अलराउण्डर, एक स्पिनर र चार तीब्र गतिका बलरलाई समावेश गरेको छ । यस्तै २ तीब्र गतिका बलर, एक स्पिनर र एक ब्याटरलाई ‘स्ट्याण्डबाई’ खेलाडीको सूचीमा समावेश गरेको छ ।
भारतीय टिम
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुड्डा, ऋषभ पंत (विकेटकीपर), दिनेश कार्तिक (विकेटकीपर), हार्दिक पांड्या, रविचंद्रन अश्विन, युजवेंद्र चहल, अक्षर पटेल, जसप्रीत बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह।
स्ट्याण्डबाइ : मोहम्मद शमी, दीपक चाहर, श्रेयस अय्यर, रवि बिश्नोई।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७