

काठमाडौं । सोमवार पनि शेयर मार्केट नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंक(०.७१ प्रतिशत) ले गिरावट भएर १९१२.६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो । नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ । सामूहिक लगानी कोष उपसूचक भने ०.१२ प्रतिशकतले वृद्धि भएको छ । नेप्सेमा गिरावट हुँदा सोमबार आइतबारको भन्दा कारोबार रकम भने केही बढेको छ ।
आइतबार ७५ करोड पनि नपुगेको कारोबार रकम सोमबार सामान्य वृद्धि भएको हो । सोमबार धितोपत्र बजारमा २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख ४ हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख ५५ हजारको सेयर किनबेच भएको छ । त्यस्तै रिडी हाइड्रोपावरको २ करोड ७९ लाख ५९ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख ७१ हजारको कारोबार भएको छ ।
सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि हुँदा १० प्रतिशत ब्याजदरको सनराइज डिवेञ्चर २०८० को मूल्य २ प्रतिशत र बोटलर्स नेपाल तराइको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।
यता साढे १० प्रतिशत ब्याजदरको नेपाल इन्भेष्मेन्ट बैंक ऋणपत्र २०८२ को मूल्य ९.५८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ५.५७ प्रतिशत र अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.१५ प्रतिशतले गिरावट भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७