

काठमाडौं । चिनियाँ कांग्रेसका अध्यक्ष ली चान्सुको ४ दिने भ्रमण कार्यक्रमसहित सोमबार अपराह्न काठमाडौं उत्रिएका छन । उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका थिए । ली नेतृत्वको भ्रमण दलमा सय जना रहेको बताइएको छ । संसद सचिवालयले दिएको जानकारी अनुसार ली नेतृत्वको टोली सुरुमा होटोल सोल्टी जानेछ । त्यसपछि, सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्न बानेश्वरस्थित संसद भवन जाने कार्यक्रम छ । उक्त भेटमा सबै दलका सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोली हुने जनाइएको छ ।त्यस लगत्तै सभामुख सापकोटाले आयोजना गरेको रात्रि भोजमा शरिक ली नेतृत्वको टोली सोल्टी होटल जाने कार्यतालिका रहेको छ ।
त्यस्तै, मंगलबार बिहान ली ले बानेश्वर स्थित संसद भवनमा राष्ट्रिय सभाका सदस्य गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने बताइएको छ । त्यस लगत्तै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुटाछुटै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई पार्टीका अध्यक्षसँग भेटपछि ली र परराष्ट्रमन्त्री नारायण खड्का बीच सोल्टी होटलमा भेट हुने कार्यक्रम रहेको छ । साँझमा ली नेतृत्वको टोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार जाने कार्यक्रम रहेको छ ।
प्राप्त सूचना अनुसार बुधबार ली अलि फुर्सदिला देखिन्छन्। उक्त दिन उनको र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट हुने एउटा मात्र कार्यक्रम रहेको छ । ली को टोली बिहीबार बिहान दक्षिण कोरिया प्रस्थान गर्नेछ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७