TRENDING

नागढुंगा–नौबिसे सुरुङ मार्ग खन्ने काम ६३% सकियो

काठमाडौं। नागढुंगा–नौबिसे सुरुङ मार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ६२.९०% सकिएको छ । आयोजनाको मासिक प्रतिवेदनमा उल्लेख भएअनुसार मुख्य सुरुङ र इभाकुएसन गरी ३४ सय ५९ मिटर खन्ने काम पूरा भएको छ । जसमा काठमाडौंतर्फ ७८३.४० मिटर र इभाकुएसन ९३६.९० मिटर पूरा भएको आयोजनाले जनाएको छ । यस्तै, धादिङतर्फ ७६० मिटर मुख्य र ७७९ मिटर इभाकुएसन टनेल पूरा भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ । २०७६ कात्तिकबाट ४४ महिनामा सम्पन्न गर्ने गरी यस आयोजनाको निर्माण कार्य सुरु भएको हो ।