TRENDING
होमपेज
आइतबार सेयर बजार दोहोरो अंकले गिरवट, कारोबार ७४ करोडमा खुम्चियो


काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले गिरवट आएको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रह्यो । दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटे । अन्य उपसमूह ४ अंक बढ्यो ।
मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमशस् अगाडि रहे ।
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७