TRENDING
होमपेज
बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद


काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यसअवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७