TRENDING

सगरमाथा र माइखोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्न बोर्डमा दिए निवेदन

काठमाडौं । दुईवटा हाईड्रोपावरले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन । सगरमाथा हाइड्रोपावरले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपिओ निष्कासन गर्न भदौ ९ गते बोर्डमा निवेदन दिएको हो।

त्यस्तै, माइखोला हाइड्रोपावरले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता आइपिओ निष्कासन गर्न भदौ २२ गते बोर्डमा निवेदन दिएको हो। दुवै कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीको आइपिओ निष्कासन प्रकृया अघि बढ्नेछ ।