

काठमाडौं । नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिवार (आज) बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति निकाल्दै सोमवार सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो। ‘ब्रम्हास्त्र’ सेन्सर हुन नसकेको कारण देखाउँदै नेपाली हलले अग्रिम टिकट खुलाएका छैनन्। जसकारण हल संचालकमाथि प्रश्न उठिरहेको छ । आफूहरुमाथि चौतर्फी आक्रामण भइरहेको र व्यवसाय नै संकटमा परेको भन्दै संघले यस्तो निर्णय गरेको हो ।
‘विगत केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भई केही फिल्म क्षेत्रका समूहहरुबाट हाम्रा सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार भइरहेको छ। कोरोनाबाट आक्रान्त फिल्म क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो फिल्म क्षेत्रलाई नै धराशायी बनाउने उद्देश्यले फिल्म आयातमा बाधा उत्पन्न गराउने, हाम्रो स्वतन्त्र व्यवसायप्रति नियन्त्रण गर्न खोज्ने, फिल्म जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरु भइरहेका छन।’ विज्ञप्तिमा उल्लेख छ ।
संघको कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७