TRENDING

बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजाजी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १३५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य १ हजार ११० रुपैयाँमा खरिद बिक्री भएको थियो ।