TRENDING

सपोर्ट लघुवित्तले निष्कासन गरेको सेयरमा आबेदन दिने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको सेयरमा आबेदन दिने आज अन्तिम दिन रहेको छ । बिक्री खुला गरेको १३ हजार ७१५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज भदौ २३ गते अन्तिम दिन हो । यसले उक्त संस्थापट सेयर भदौ ९ गतेबाट बिक्री खुला गरेको थियो । यस सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक हर कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्रको निवेदन दिनुपर्नेछ । यसमा कम्पनीको विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुनाले अन्य व्यक्ति वा संघ संस्थाहरुको लागि आवेदन खुला गरिएको हो ।