

काठमाडौं । साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन अर्थात मंगलबार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ११.९७ अंकले घटेर १९३९.८८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेसँगै आज कारोबार रकम करोडमा झरेको छ । आज नेप्सेमा २९ लाख ३४ हजार ७६९ कित्ता शेयर खरिदबिक्री हुदाँ ८२ करोड ६२ लाख रुपैंया बढीको कारोबार भएको छ । यस दिन सनराइज फस्ट म्यु्चुअल फण्डको इकाईमूल्य सर्वाधिक ७.७२ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ भने लक्ष्मी उन्नती कोष र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ४.४५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको यस दिन ४ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बुधबार म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.७८ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत घटेको छ। त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.३० प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक १.०७ प्रतिशत घटेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७