TRENDING

यस्तो छ आजको मुद्रा विनिमयदर, अमेरिकी डलर, युरो, जापानी रियालदेखि कोरियन वनसम्मको भाउ कति छ ? हेर्नुस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)को मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०४ पैसा रहेको छ भने युरोपियन युरोको भाउ आज पनि डलरभन्दा कम रहेको छ । आज एक युरोको खरिदमा १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाा ५७ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

Binimaya.JPG