TRENDING

सीटको बाँडफाँटलाई सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीटको बाँडफाँटलाई विभिन्न पार्टी सँग तालमेल गर्दै सकेसम्म सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको बताएका छन । मंगलबार (आज) काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सीटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुंगाउने कोसिस भइरहेको बताएका हुन ।

सीटको बाँडफाँटको विषयमा अझै केही प्रश्न रहेको नेपालको भनाइ छ । ‘सीट बाँडफाँटको विषय कति सम्भव छ वा छैन भन्ने बारेमा प्रश्नहरू उठिरहेका छन’, नेपालले भने । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ९ लाख जनताको समर्थन हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिकतर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।