

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय भदौ २८ गतेसम्म थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थायी बासिन्दाका लागि भदौ १७ गतेदेखि ६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको हो ।
उक्त आईपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सक्नेछन् । साथै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७