TRENDING

गठबन्धनको बैठक आज पनि बस्दैं

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । मंगलवार (आज) दिउँसो बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउने नेताहरूले दावी गरेका छन । यसअघि सोमवार दिउँसो गठबन्धन कार्यदलको बैठक बसेको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँडबारे गठबन्धनमा कुरा मिल्न सकेको छैन ।

यद्यपी आजको बैठकबाट भने सिट बाँडफाँडबारे टुंगो लाग्ने बताइएको छ । आज बस्ने कार्यदलको बैठकले निर्वाचन क्षेत्र सहितको बाँडफाँडको टुंगो लगाउने नेताहरूले दावी गरेका छन । मंगलवार दिउँसो कार्यदलको बैठक बसेपछि आजै शीर्ष नेतासहितको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।