

काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटल रहेको उक्त कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ ।सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तले ८ भदौदेखि १२ भदौसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिबक निष्कासनमा ल्याएको थियो ।
जसमध्ये कम्पनीको जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सार्वजनिक निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।
उक्त सार्वजनिक निष्कासनमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १ लाख ४४ जनाको आवेदन १७ लाख ८३ हजार ७४ जनाको आवेदन स्वीकृत भएको जनाएको छ । सोही स्वीकृत भएको आवेदकलाई गोलाप्रथामा सहभागी गराएर १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन्।
कम्पनीको आईपीओ नतिजा, बिक्री प्रबन्धक प्रभु क्यापिटल र लघुवित्तकै वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आईपीओ नतिजा हेर्नको लागि बनाएको वेबसाइट र मेरोसेयर मार्फत हेर्न सकिनेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७