TRENDING

शनिबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

काठमाडौँ । गत साउन २३ गते दखि बन्द रहेको मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि बन्द रहेको केबलकार सेवा आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको हो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ । यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको कम्पनीले जानकारी दिएको छ । केबलकारको महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फ़ेरिएको छ भने गियर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्य गरिएको छ । यसैगरी ४ टावरहरूको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ ।