

काठमाडौं । नेपाली संगीत सर्जकको छाता संस्था संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन भएका छन । संघको ११औं वार्षिक साधारण सभा संगीतकार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
सापकोटा सम्पूर्ण कार्यसमितिबाट निर्विरोध चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन । यसैगरी, संगीतकार संघ नेपालको महासचिवमा वसन्त सापकोटा, सचिवमा प्रल्हाद बोगटी, कोषाध्यक्षमा राजेश थापा निर्विरोध चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा चयन भएका संगीतकारहरूमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर थापा स्माइल, दिनेश बान्तवा राई रहेका छन् ।
संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले ११औं साधारण सभामा संघले नेपाली संगीतकर्मीलाई एकतामा ल्याएको भनाइ राखे । नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएकोमा बधाई ज्ञापन गर्दै नेतृत्वमाआफूलाई सफल तुल्याउँदै आएका चेतन सापकोटालाई संघले अहिले अध्यक्षका रूपमा पाएकाले यो कार्यसमिति अझ सफल हुने विश्वास उनले व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष चेतन सापकोटाले आफू संगीतकर्मीको हकहितका लागि लागिपर्ने बताए । संगीत विकास बोर्ड स्थापनालगायत संगीतकर्मीहरूको हितका लागि थुपै्र योजना ल्याउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७