TRENDING

रूपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको नाम सिफारिस

काठमाडौं। रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम सिफारिस भएको छ । खाणको रूपन्देही–२ बाट पनि नाम सिफारिस भएको छ । कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको क्षेत्रीय सभापति सुशील गुरूङले जानकारी दिए । खाणले २०६४ र २०७० का दुई पटक निर्वाचन क्षेत्र नम्बर ३ बाट जितेका थिए । भने, २०७४ को निर्वाचनमा उनी प्रत्यक्ष नलडेर समानुपातिकमा बसेका थिए ।

उनको नाम रुपन्देही–२ बाट पनि सिफारिस भएको कांग्रेस नेताहरूले बताएका छन् । खाण क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने सभापति गुरूङले बताए ।