

काठमाडौं। नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट दसैँको लागि बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताए । दसैँमा साना दरका सुकिला र नयाँ नोटको माग उच्च हुने भएकाले यो समयमा केन्द्रीय बैंकले बढी नोट बजारमा पठाउने गरेको छ ।
दसैँमा नयाँ नोट दक्षिणास्वरूप दिनु संस्कृतिकै रूप लिइसकेको छ । त्यसैले मानिसहरू रातिदेखि नै राष्ट्र बैंकमा लाइन लागेर नयाँ नोट साट्ने गरेको विगतमा पनि देखिँदै आएको छ । विगतमा नयाँ नोट साट्नका लागि लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्दै राष्ट्र बैंकले यसपालि भने व्यवस्थित रूपमा नोट वितरण गर्ने तयारी गरेको उनले बताए ।
नयाँ नोट साट्न आउनेलाई प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने बैंकले जानकारी दिएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढीमा एक सेट साट्न पाउनेछन । राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोषबाट दसैँ लक्षित नोट वितरण गरिने जनाइएको छ । राष्ट्र बैंकको पहुँच नभएका स्थानमा सरकारी बैंकले नोट कोष सञ्चालन गर्छन । दसैँमा प्रयोग गरिने नयाँ नोट नखुम्च्याई प्रयोग गर्न, रङ नलगाउन, पानीमा नभिजाउन केन्द्रीय बैंकका सहायक प्रवक्ता पोखरेलले आग्रह गरे ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७