TRENDING

एमाले नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। नेकपा (एमाले) का नेता बलभद्र सरदार थारू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। थारू एमाले मोरङमा सक्रिय नेता हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् ।

थारुसँगै अरु नेता तथा कार्यकर्तापनि आज माओवादी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ । चुनाव नजिकिएसँगै विभिन्न दल परित्याग गरी अर्को दल प्रवेश गर्नेको लर्को लाग्ने गरेको छ । दाहालले भने नवप्रवेसीलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिईने विश्वास दिलाए ।