

काठमाडौं । गत राति अबेर सम्ममा पनि सिट बाँडफाँटमा कुनै टुंगो नलागेपछि सत्ता गठबन्धनका दलहरूलाई सकस परेको छ । चुनावको सम्मुख आईसक्दा पनि दलगत कुरा नमिलेपछि गठबन्धन सकसमा परेको हो । हिजो बसेको शीर्ष नेताहरूको छलफलले बाँडफाँडको कुरो मिलाउन नसकेपछि दुई दिन थप गरिएको छ ।
बिहानदेखि राती १० बजेसम्म बसेको गठबन्धनको बैठकले दुई दिनभित्र सिट बाँडफाँट गरिसक्ने सहमति जुटाएको हो । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रूपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारको प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकार गठन गर्न गठबन्धन गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी,जसपा र राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत गठबन्धन गरेर जाने मोडालिटी खोज्न कार्यदल नै बनाएका छन् । यद्यपी उक्त कार्यदलले कुनै पनि सहमति जुटाउन भने सकेको छैन।
नेपाली काँग्रेसले ९० सिटलाई आफ्नो बटमलाइन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आ(आफ्नो दाबी पेस गर्दा सिट सङ्ख्यामा कुरा मिल्न सकेको छैन ।
स्थानीय निर्वाचनको परिणामलाई हेर्दा काँग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो रहेको र यस हिसाबले काँग्रेसले धेरै सिट छाडेर अरूलाई धेरै दिन नहुने कुरा काँग्रेस नेताहरूले बताइरहेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७