TRENDING

नेपालविरुद्ध केन्याः २ विकेट गुमाउँदा २९ रन, १५६ रन बनाउँदा पनि २ विकेट

काठमाडौँ। तेस्रो टी-ट्वान्टी खेलमा घरेलु टोली केन्याले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा घरेलु टोली केन्याले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन जोड्यो । केन्याका लागि राकेप पटेल र इरफान करिमले अर्धशतक पुरा गरे । केन्याले छैटौं ओभरमै २ विकेट गुमाएपनि त्यसपछि राकेप र इरफानले केन्याको इनिङ्स उकासेका थिए । राकेपले ७३ रन तथा इरफानले ५५ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र आदिल आलमले एक-एक विकेट लिए ।