TRENDING

हेटौंडामा पनि अबैध संरचनामा डोजर चल्ने

हेटौँडा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबैध रुपमा बनाएका संरचनामा भत्काएको सर्वत्र चर्चा भईरहेको छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाले पनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिडने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडाको त्यस्ता अबैध संरचना खालि गर्न निर्देशन दिन लागेको हो ।

हेटौंडा उपमहानगरपमलिकाकाी मेयर मीना लामाका अनुसार उपमहानगरपालिकाले केहि दिनमानै ३५ दिनको सूचना प्रकाशन गरेर त्यस्ता संरचनालाई आफै हटाउन निर्देशन दिने तयारी गरेको जानकारी दिईन । हेटौँडामा पनि सडकपेटी कब्जा गरेर ब्यापार व्यवसाय गर्ने, आफ्नो घरको पार्किङ बनाउने काम बढेको भन्दै स्थानीयहरुले उपमहानगरपालिकालाई सचेत गर्दै आईरहेको सन्र्दभमा उपमहानरले सूचना प्रकाशन गर्ने तयारी गरेको हो ।