

बुटवल। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको विकल्प फलदायी नहुने बताएका छन् । उनले फेरि एक पटक मजबुत गठबन्धन गरेरै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै यस्ताे बताएका हुन् । कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि त्यति बढी सुखद नभए पनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने उल्लेख गरे । गठबन्धन र तालमेल भनेजस्तो भएन तर पनि गठबन्धन र सरकार मिलेर स्थानीय तहको निर्वाचन सफल पारेर र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोस्रो निर्वाचनको तयारी गरेको भन्दै यसलाई ठूलो सफलता मान्न प्रचण्डले आग्रह गरे ।
उनले स्थानीय तह निर्वाचनमा भएको परिणामलाई लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो गर्ने दाबी गरे । यसअघि प्रचण्डले लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण मन्तव्य दिएका थिए ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७