

काठमाडौं। आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंहले माफी माग्दै भिडियो हटाएका छन्। ‘नेवारी परम्परा’ नामक नाम दिएर कमेडी क्याफे नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको केही घण्टामा नै नेवारी समुदायले यसप्रति आपत्ति जनाएर प्रहरीकोमा उजुरी गरेपछि सिंहले भिडियो हटाउँदै माफी मागेका छन्।
उनले आफूले नराम्रो कुरामात्र नगरेर राम्रा कुराहरू पनि भिडियोमा भनेको उल्लेख गर्दै कसैको चित्त दुखेको भए क्षमा दिन आग्रह गरेका छन्। साथै उनले यो कुरालाई यसभन्दा अगाडि नबढाउन र यत्तिकै सक्न पनि आग्रह गरेका छन्।शनिबार नेवा समुदायका अभियन्ताहरूसहित ८५ जनाले प्रहरी परिसर टेकु पुगेर सिंहविरुद्ध जाहेरी दिएका हुन्। नेवारी समुदायको भाषा, संस्कृति र सभ्यतामाथि अपमानजनक व्यङ्ग्य गरिएको भन्दै अभियन्ताहरू सिंहविरुद्ध उत्रिएका हुन्।
सिंहले भिडियोमा नेवार समुदायको बोल्ने शैली, महिलाहरू, खानपान लगायतका विषयमा व्यङ्ग्य गरेका थिए।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७