TRENDING

मेयर बालेनको कदमलाई रवीन्द्र मिश्रले गरे समर्थन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले चालेक कदमको रवीन्द्र मिश्रले समर्थन गरेका छन् । मिश्रले शनिबार सामाजिक सञ्जालमा बालेनले अवैध संरचना भत्काएकोमा समर्थन जनाएका हुन । तर, कानुन बमोजिम गर्नुपर्ने उनको सुझाब छ । उनले भनेका छन, ‘जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ । नियम–कानुनको चाहिँ अलि ख्याल गर्नुहोला । अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ । तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न ।’

मिश्रले पार्किङ्ग स्थलको गलत प्रयोगसँगै, सम्पदा, नदी, बाटो, फुटपाथ, सार्वजनिक जमिनको अतिक्रमण, मापदण्डरनक्शा विपरितकारतोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने बताएका छन । उनले अगाडि भनेका छन, ‘नियमकानुनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला । मैले नियमकानुनमा किन जोड दिएको भने, हत्याराले हत्या र्गयो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन । चोरले र्चोयो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन । तपाईं राज्य हो। नियमकानुन तोड्नेहरू व्यक्ति हुन राज्यले नियमकानुनको पालना नगर्दा नै आज देशको हविगत यस्तो भएको हो।’