TRENDING

बनस्थलीमा पनि चल्यो महानगरको डोजर

काठमाडौँ। बिगत केही दिनदेखि काठमाडौं महानगरपालिकाका अवैध संरचनाहरु हटाईरहेको छ । यसै सन्दर्भमा महानगरले बनस्थलीस्थित ढुङ्गेधाराको अवैध संरचनामा पनि डोजर चलाएको छ । नक्सा पास नगरी बनाइएका ती संरचना शनिबार महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । अवैध संरचना भत्काउन महानगरका एसपी राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ । महानगरले यसअघि ३५ दिन भित्र अबैध संरचना हटाउन निर्देशन दिएको थियो ।