TRENDING

उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटाच कम्प्लेक्सको अवैध संरचना भएपछि काठमाडौंका मेयर बालेन शाहले अन्य अवैध संरचना पनि भत्काइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अवैध संरचना आफैँ भत्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ । अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफैँ बुझेर अवैधानिक रूप मा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’

balen