TRENDING

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनको कार्यदलले सिट बाँडफाँटसम्बन्धमा बिहीबारसम्म टुङ्गो लगाउने बताउदै आएको थियो ।

कार्यदलका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका स्वकीय सचिव शैलेस सिटौलाले बिहीबार बिहान ९ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको जानकारी दिनुभएको हो । ‘‘गठबन्धनको बैठक जारी छ, कतिबेरसम्म चल्ने हो त्यो अहिले भन्न सकिएन,’’ उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

बैठकमा कार्यदलका सदस्यहरु पनि रहनुभएको जनाइएको छ ।

गठबन्धन