

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबार २५ अर्व रुपैयाँको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार एक सूचना प्रकाशित गरी बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिने जानकारी दिएको हो ।
ट्रेजरी बिलको खरिद मिति भने भदौ १० शुक्रबारलाई तोकिएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिलको भुक्तानी मिति २०७९ पुस मसान्तसम्म रहेको छ । काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।
काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण १ करोड रुपैयाँ वा १ करोड रुपैयाँले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७