TRENDING

कुमारी बैंकको भदौ १७ गतेबाट ऋणपत्र खुल्ने, ब्याजदर कति ?

काठमाडौं। कुमारी बैंकले भदौ १७ गतेबाट ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।