TRENDING

काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाईयो

काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार (आज) विहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।