

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३० हजार ९ सय २४ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन ।त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
कम्पनीले निष्काशन खुला गरेको आईपीओमा १९ लाख ५२ हजार ४ सय ६० जनाको आवेदन परेको थियो । साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन खुला भएको आईपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपियाँ बराबरको २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले निष्काशन गरेको कूल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७