TRENDING

दीपाको जन्मदिनमा दीपकको भावुक स्टाटस, हरेक उपलब्धिहरूमा दीपाश्रीको नाम कुंदिएको छ ।

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज शुभ जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा धेरैले शुभकामना दिएका छन् । यसै बिच उनको जम्मदिनको अवसरमा शुभकामना दिँदै दीपकराज गिरिले लामो स्टाटस लेखेका छन । दीपाश्रीसँगको ३० वर्षे सहकार्यले दीपकराजको हातमा रहेका हरेक उपलब्धिहरूमा दीपाश्रीको नाम कुंदिएको छ भन्दै भावुक स्टाटस लेखेका छन् ।

उनले आज दीपाश्रीको जन्मदिन नभई आफनो जन्मदिन जस्तो लाग्ने बताएका छन् । उनले लेखेका छन्,

हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ

किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !

मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम कुंदिएको छ

हेर्दा हेर्दै ३० बर्ष पनि बितेछ !

तिमि धनियॉ बनेर आएकि थियौ र त

रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !

टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ!

म जस्तो अब्बहारिक मानिशलाइ जीबन सिकाउने तिमि थियौ

आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!

समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!

यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?

त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ

ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ …

आफ्नो ऑखामा ऑशुको भारी बोकेर अरूको ऑशु पुस्ने

यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!